प्रगतिशिल लेखक संघ (प्रलेस) माक्सवादी लेखक, कलाकार तथा सास्कृतिकर्मीहरुको साझा संगठन हो । यसले खासगरी पञ्चायती व्यावस्था र सामन्ती संस्कृतिको बिरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गर्यो । नेपाली समाज सामन्ति र साम्राज्यवादी उत्पिडनमा परेको छ । नेपाली जनता लामो समयदेखि सामन्तवाद र साम्राज्यवादको बिरुद्धमा लड्दै आएका छन् । प्रलेसले जनताको प्रतिरोध संघर्षमा उर्जा प्रदान गर्दै आयो ।यसले २०४६ सालसम्म आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्दै आयो ।
२०४६ सालपछि पन्चायती व्यावस्था ढाल्यो र सामन्तवादको प्रतिनिधि राजतन्त्र संबैधानिक बन्न पुग्यो । सामन्तवादी, साम्राज्यवादी राज्यसत्ता कायमै भयो । सिंहदरवारमा कांग्रेस र एमाले पुगे । एमाले सिंहदरवार पुगेपछि प्रलेस भित्रको एउटा खेमाले पुरानै सत्ताको पक्षमा गित गाउन थाल्यो र महान जनयुद्ध सहित जनसंघर्ष र वर्गसंघर्षको बिरुद्ध उभिन थाल्यो । त्यस प्रकारको स्थीतिको बिरुद्ध प्रलेसमा नै रहेर हामीले संघर्ष गर्दै आएका थियौ । प्रलेसको क्रान्तिकारी प्रवृत्ति र धारालाई बचाउने र गैर विजातीय प्रबृत्तीको बिरुद्धमा लगातार संघर्ष हुँदै आयो ।
प्रलेसको नेतृत्व परिवर्तन गर्नु र वैचारीक विकास गर्नु आवश्यक थियो । तर त्यो व्यावहारीक रुपमा सम्भव देखिन्न । त्यस्तो अवस्थामा माक्सवादि सास्कृतिक आन्दोलनको रक्षा र विकासको लागि बिद्रोह गर्नु अनिवार्य बन्न गएको छ । अब क्रान्तिकारी माक्सवादीहरुले सार र रुप दुबै दृष्टिकोणबाट नयाँ संयुक्त मोर्चा अथवा साझा संगठनको निर्माण गर्न आवश्यक छ ।
नेपालमा अहिले एमाले माके गठबन्धन सरकार रहेको छ । यो सरकारले दलाल पूजीपति वर्गको सत्ताको नेतृत्व गर्दछ । यसले भयानक राष्ट्रघात गरिरहको छ । देशको सम्पूर्ण प्राकृतिक श्रोत बिदेशीलाई सुम्पिएको छ । परनिर्भर अर्थतन्त्र निर्माण गरेर राष्ट्रिय सुरक्षामा गम्भिर खतरा पैदा गरेको छ । कम्युनिस्ट शब्द र झण्डाको बदनाम गर्दै अमेरीकी साम्राज्यवादको निर्देशनमा फासिवादको अभ्यास गरिरहेको छ । यस्तो अवस्थामा सरकार निकट लेखक कलाकारहरु एकथरीमा निरिहता र अर्को थरी (मुल पक्ष) सरकारको ताबेदारी गर्ने र सत्ता सुबिधाको भोग गर्न मै तल्लिन छ । यस्तो अवस्थामा आजको संसोधनबाद, दलाल पूजीवादको बिरुद्ध अग्रिम मोर्चामा रहेर लडिरहेको पार्टी हुनुको कारणले सामाजीक दलाल पूजीवाद परस्त प्रलेसबाट बिद्रोह गर्नु र नयाँ क्रान्तिकारी मोर्चा निर्माण गर्ने कार्य नेकपाको लागि सबैभन्दा बढी आवश्यक छ । वैचारीक स्पष्टतामा र व्यावहारमा लचकता हाम्रो अबको चुनौति हो । गोली बर्साउदै बम बर्साउदै एकता र सहकार्यको कुरा गर्ने, व्यावहारमा उच्च व्याक्तिबादी कुन्ठाको खेती गरेर साझा मोर्चा बन्दैन । राजनैतिक परिस्थीति जटिल भएकाले पार्टीको सोच र योजना सास्कृतिक क्षेत्रमा पुर्याउनमा रहेका सिमाहरुको त्यति महत्व रहन्न । हामीलाई उछिनपाछिन गर्नु पर्ने कुनै कारण पनि छैन । बेमौसमको बाजा भनेझै नेतृत्वको दाबीका लागि गोली बर्साउदै दौडन पनि आवश्यक छैन । दलाल पूजीवाद बिरोधि सास्कृतिक आन्दोलनको उठान हाम्रो उदेश्य हो । प्रलेसको नेतृत्व परिवर्तन गर्नु र वैचारीक विकास गर्नु आवश्यक थियो । तर त्यो व्यावहारीक रुपमा सम्भव देखिन्न । त्यस्तो अवस्थामा माक्सवादि सास्कृतिक आन्दोलनको रक्षा र विकासको लागि बिद्रोह गर्नु अनिवार्य बन्न गएको छ । अब क्रान्तिकारी माक्सवादीहरुले सार र रुप दुबै दृष्टिकोणबाट नयाँ संयुक्त मोर्चा अथवा साझा संगठनको निर्माण गर्न आवश्यक छ ।
आजको संसोधनवादले शब्दमा, औपचारीक अर्थमा माक्सवादका सबै आधारभुत मान्यतालाई स्वीकार गर्दै व्यावहारमा माक्सवादको धज्जी उडाउने गर्दछ । भाषण र दस्तावेजमा माक्सवाद, जीवन व्यावहारमा दलाल पूँजीवाद आधुनिक संसोधनवादको बिशेषता हो । प्रलेसमा पनि त्यहि राजनीति प्रधान बनेको छ । पछिल्लो अवस्थामा नेपालको दलाल पूँजीवाद गुणात्मक रुपले पतन भएको कारण व्यवहारमा गुणात्मक र संगठित बिद्रोह आवश्यक छ । पद नपाएर, व्याक्तिवादी आग्रह पुरा नभएर वा नीजि सोचको आधारमा कस्ले कहिले के भन्यो । त्यो महत्वको बिषय होईन ।
माओवाद वा विचारको आधारमा संगठित लेखक, कलाकार तथा सास्कृतिककर्मीहरुको नयाँ मोर्चा आजको व्यावहारीक आवश्यक्ता बन्न पुगेको छ । आधारभुत प्रश्नमा समानता भएपछि कयौ बिषय थाती राखेर साझा उदेश्यको लागी साझा संगठन आवश्यक हुन्छ । शतप्रतिशत समान सोचको अपेक्षा गर्नु र त्यसो नभए सहकार्य नगर्ने सोच भडुवा सोच मात्र हो ।
नेकपाको स्थाई समिति बैठकमा गएको साउनमा नै प्रलेसको वैकल्पिक बिषयमा छलफल भएको थियो । यस बिषयमा असोजमा मैले सास्कृतिकर्मीहरु मातृका पोख्रेल, शोभा दुलाल, खेम थपलिया लगायतसँग छलफल पनि गरेकै थिए । प्रलेस साझा संगठन भएकाले अर्को क्रान्तिकारी साझा संगठन बन्ने भौतिक परिस्थीति नबनेको संक्रमणकालिन समयमा प्रलेसमा रहने र विकल्पसहित प्रलेसबाट हट्ने बिषयमा हामी स्पष्ठ थियौ । देशको राजनैतिक संकटको कारण सरोकारवाला पक्षहरुसँग छलफल राम्ररी र समयमा हुन सकेन । जे होस आज प्रलेसले माक्सवादी कला, साहित्य, तथा सास्कृतिक आन्दोलनको नेतृत्व गर्न सक्दैन । त्यसमा हामी स्पष्ठ छौ ।त्यसकारण माओवाद वा विचारको आधारमा संगठित लेखक, कलाकार तथा सास्कृतिककर्मीहरुको नयाँ मोर्चा आजको व्यावहारीक आवश्यक्ता बन्न पुगेको छ । आधारभुत प्रश्नमा समानता भएपछि कयौ बिषय थाती राखेर साझा उदेश्यको लागी साझा संगठन आवश्यक हुन्छ । शतप्रतिशत समान सोचको अपेक्षा गर्नु र त्यसो नभए सहकार्य नगर्ने सोच भडुवा सोच मात्र हो । कम्युनिस्टहरुले आफ्नो समुह बाहिर पनि समाजको लागि आवश्यक मान्छेहरु छन् भन्ने सोच्नुपर्दछ । विचार र असल व्यवहारका कारण नै नेतृत्व गर्ने औकात बनाउनुपर्दछ । आज हामीलाई दलाल पूँजीवाद बिरोधी सबै शक्तिको मोर्चा आवश्यक छ ।
(लेखकः अनील शर्मा ‘विरही’ – नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य हुन् ।)
www.mirmireonline.com बाट साभार
No comments:
Post a Comment