कार्तिक २१ ,काठमाडौ । बालसाहित्यकार गोपाल पराजुलीको हिजो २०८१ कार्तिक २० गते साँझ मृत्यु भएकोछ । साहित्यकार पराजुलीको बि स १९९८ मा काभ्रे जिल्लामा जन्म भएको थियो ।
प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष मातृका पोखरेलले साहित्यकार पराजुलीको मृत्युलाई नेपाली साहित्य जगतमा ठूलो क्षति हो भन्नु भयो । बाल साहित्यकार बिजयराज आचार्यले साहित्यकार पराजुलीलाई यसरी सम्झनु भयो, उहाँले नेपाली बाल साहित्यमा योगदान पुर्याउनु भएकोछ । २५ प्रतिभा शीर्षकमा उहाँले चार खण्डमा जीवनी प्रकाशन गर्नु भएकोछ । केही दिन पहिले मात्र हामीले उहाँलाई भेटेका थियौं । नयाँ पुस्तालाई साहित्यमा लाग्न प्रेरित गरिरहनु हुन्थ्यो । अचानक उहाँको निधन भएको सुन्दा अत्यन्त दुख लागेको छ । नेपाली साहित्यको एउटा अभिभावक गुमाएको महसुस भएको छ ।
000
https://hanktoday.com बाट साभार
--------------------------------------------
www.facebook.com (मातृका पोखरेलको फेसबुकवाल)
No comments:
Post a Comment