बरिष्ठ मुक्तककार तथा नेपाल मुक्तक प्रतिष्ठानका सललाहकार रत्नशम्सेर थापाले प्रतिष्ठानका संस्थापक सदस्य विष्णुबहादुर सिंहको मुक्तक सङ्ग्रह “काठमाडौंकी क्लियोपेट्रा” शुक्रबार काठमाडौंमा विमोचन गर्नु भयो ।
नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित कृति विमोचनको सभापतित्व प्रतिष्ठानका अध्यक्ष राकमाजी कोनेले गर्नु भएको थियो । विमोचित कृतिको समीक्षा मुक्तककारद्वय ज्ञानुवाकर पौडेल र रमेश पौडेलले गर्नु भएको थियो भने कृकिारलाई शुभ कामना प्राज्ञहरू वियोगी बुढाथोकी, मातृका पोख्रेल र गोरखापत्रका प्रवन्ध सम्पादक श्री ओम श्रेष्ठ रोदनले दिनु भएको थियो ।
कृतिकार विष्णुबहादुर सिंहले काठमाडौंलाई बिम्ब बनाएर कृति तयार गरेको बताउनु भयो । ४ खण्डमा विभाजित पुस्तकमा २ सयभन्दा बढी मुक्तकहरु समावेश छन् ।
विमोचित कृतिबाट मुक्तककारहरू यादव भट्टर्राई, बादल घिमिरे,बिनु भट्टर्राई, निशा के.सी., कल्पना श्रेष्ठ र सुशीला पौडेललले मुक्तक सुनाउनु भएको थियो ।
सोम, माघ ४, २०७२ मा प्रकाशित
www.khojonline.com बाट साभार
No comments:
Post a Comment